Prolapse of the uterus

uterine-prolapse

आङ खस्ला है !

“गाउँका महिलालाई मात्रै त हो नि आङ खस्ने, शहरमा त कसैको पनि खस्दैन” स्वास्थ्य सेवा विभागको कार्यालयमा एक बैठकको सन्दर्भमा एक पुरुष सहभागीले प्याच्चै बोले, जुन व्यक्तिको पाठेघर नै छैन । अर्काे एक महिला सहभागीले त्यसको जवाफ लगाउँदै भनिन्, “कहाँको महिलाको खस्छ र कहाँको खस्दैन भनेर तपाईले के आधारमा भन्नु भयो ?” महिला सहभागीको प्रश्नको उत्तर ती पुरुष सहभागीसँग थिएन वा बोल्न आँट गरेनन, उचि टुलुटुलु हेरेर चुपचाप बसे । अर्का सहभागी पुरुषले फेरी फैसला सुनाएको जसरी सहभागी महिलाको पक्षमा बोल्दे भने, “यो महिलाको समस्यामा महिलाहरुले नै बोल्दा ठीक हुन्छ”। महिला सहभागी ती अर्का सहभागी माथि त झन उफ्रेर जाइलागिन । महिला सहभागीको कडा प्रतिबादले लामो समय लियोे । उनको तर्कको संक्षपमा आङ खस्ने महिलाको हो तर यो महिलाको मात्र समस्या होइन र यो स्वास्थ्य सम्बन्धी समस्या मात्र पनि होइन । त्यति बेलासम्म ती दुबै सहभागी पुरुषहरु तल्लो पेट दुखेर पीडाले घोप्टेको वस्तै घोप्टेर बसे । पछि बुिझए उनिहरु अनुसार कुनै जिल्लाका स्वास्थ्य कार्यलयमा कार्यरत निमित्त हाकिमहरु थिए ।

ती महिलाको बुझाई ठीक थियो । किनकि नेपालका अधिकांश महिलाहरुको पाठेघर खस्नुमा अनेको कारणहरु छन तर प्रमुख कारणहरुमा महिला माथि हुने हिंसा पनि हो । जसले गर्दा महिलाले गर्ने भनेर छेट्याइीका काम पूरुषले नगरिदिनाले र सुत्केरी हुने बेलमा पुरुषको सहयोगकारी भूमिका नहुनु पनि एक प्रमुख कारणमा पदृछ । त्यस्तै पुरुष प्रधान समाजको कारण महिलाले अफुलाई आङ खस्ने समस्या भएको कुरा सहजै भन्न नसकेर बर्षौसम्म लुकाएर राखेका हुन्छन् । शहरका महिलामा पनि प्रशस्तै देखिन्छ महिलाहरुमा आङ खस्ने समस्या । घरको काम भएपनि बल पर्ने कामहू धेरै नै हुन्छन् । सुत्केरी भएको लामो समयसम्म आराम गर्न नपाउँने मध्यम परिवारका महिलाको संख्या धेरै छ र अझ निम्न बर्गका श्रमिक महिलाहरुको त ग्रामिण महिला जस्तै अवस्था हुन्छ ।

आङ खस्नु भनेको बच्चा जन्माउँदा तलझरेको पाठेघर आफ्नो पुरानै स्थानमा नफर्की सकेको अवस्थामा बल पर्ने काम गर्नु पर्दा पाठेघर कै अङ्ग योनीबाट बाहिर निस्कनु हो । बच्चा जन्माउँदा झरेको पाठेघर आफ्नो पुरानो स्थानमा पुरानै आसनमा फर्कन दुइबर्ष लाग्छ । स्वास्थ्य शास्त्रले सुत्केरी अवस्था भनेर ४५ दिन तोकेको हुन्छ । त्यसतै कर्मचारी तथा मजदुरहरुका लागि दुई महिना सुत्केरी विदाको व्यवस्था गरिएको हुन्छ । त्यो भनेको पूर्णरुपमा आराम गर्नु भनेको नै हो तर हाम्रो समाजमा त्यो सम्भावना हुनै दिइदैन भने अधिकांश महिलाहरु स्वयंलाई यसको राम्रो जानाकारी छैन । कार्यालयमा विदा पाएका महिलाले उनका परिवारमा भने पूर्ण आरामको अवसर नपाएका थुप्रै उदाहरणहरु छन ।

ग्रामिण महिलाहरुमा धेरै समस्या छ आङ खस्ने सम्बन्धी । यसले महिलाहरूको स्वास्थ्य, घरगृहस्ती, खेतीका काम, सामाजिक सम्बन्ध र अझ यौन जीवनमा त धेरै नै समस्या आइरहेको हुन्छ । किनकि पाठेघर झरे पछि घाउ हुने, गन्हाउने, पानी बग्न्े, काम गर्न नसकिने अझ भन्ने हो भने निहुरिएर गर्ने काममा र टुक्रुक्क बस्न नै नहुँने समस्या भोगिरहेका हुन्छन् । त्यसैल उनिहरुलाई दिसा पिसाव गर्न पनि निकै समस्या परिरहेको हुन्छ । यस्तै पीडामा बर्षौबर्षसम्म महिलाहरु बाच्न बाध्य बनाइएको हुन्छ ।

आङ खसेको बेलामा यौनसम्पर्क गर्नु अरु धेरै कठिन र पीडादायी हुन्छ । पाठेघर खसेर योनीको मुखसम्म आएको बेलामा यौनसम्पर्क गर्दा लिङ्गले घोच्दाको पीडा सहन गाह्रो हुन्छ । पुरुषका अगाडी नाई भन्न नसक्ने ठेमहिलाहरुले हरेक दिन यो समस्या भएका महिलाहरुले पीडादायी यौनसम्पर्क भोगिरहेका हुन्छन । पाठेघर खसेका महिलाहरूलाई दिसापिसाब गर्दा गाह्रो हुने, ढाड, कम्मर र तल्लो पेट दुख्ने, हिँड्न डुल्न र काम गर्न अप्ठ्यारो हुने, त्यस्तै अवस्थामा फेरि अर्को बच्चा जन्माउँन पर्दा धेरै गाह्रो हुने समस्याहरू हुन्छन् ।

आङ खसेको पहिलो अवस्था तिर आराम गर्दा वा औलाले ठल्दा ठीक हुने हुनाले त्यति गम्भीरतापूर्वक लिइदैन । तर पछि समस्याहरू बढ्दै जान्छन् अनि मात्र उनिहरु त्यसका लागि स्वस्थ्य जाँच गराउँन स्वास्थ्य संस्था पुग्ने गर्दछन त्यो पनि डराई डराई । ग्रामिण क्षत्रका धेरै महिलाहरु त सही सूचनाका अभाव, आर्थिक अभाव वा पारिवारिक असहयोगका कारण स्वास्थ्य परिक्षण गर्न जान पाएका हुदैनन ।

सबै भन्दा ठूलो समस्या भनेको नै हाम्रो अधिकांश समाजमा आङ खस्ने समस्यालाई महिलाहरुले लुकाएर राखेका हुन्छन । यसका अनेकौं कारणहरु छन् र त्यसमा पनि सबैभन्दा मुख्य कुरा पुरुष प्रधान समाजका प्रभावले गर्दा लैङ्गिकतामा आधारित महिलाहरू माथि भइरहेको विभेद हो । जसका कारण महिलाको सशक्तिकरणमा ठूलो बाधा परिरहेको हुन्छ । महिला माथि हुने विभिन्न किसिमका विभेद रहुञ्जेलसम्म यो समस्या सजिलै समाधान हुने सम्भावना छैन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पाठेघर खसेका महिलाहरुको उपचारका लागि केहि बर्ष यता देखि सिमित मात्राम भएपनि स्वास्थ्य सेवा र अपरेशन सेवा दिने कार्यक्रम लागु गर्दै आएको छ । त्यस्तै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले पनि उपचारमा घुम्ति शिविरहरु मार्फत सेवा दिन थालेका छन तर त्यो अझै पनि सिमित मात्रामा सेवा पुगेको छ । आङ खस्नुको मुख्य कारणको जरो भने समाजमा अझै पनि बलियोसँग रहेको छ । जस्तैः बालविबाह, कम अन्तरमा सन्तान जन्माउँने, गर्भावस्था वा सुत्केरी अवस्थामा पूरा आराम गर्नुको सट्टा शारीरिक बोझपूर्ण श्रम गर्न पर्ने, सधै पुरुषको अधिनस्थ रहनु पर्ने, बैबाहिक बलात्कार चुचाप सहेर बस्नु पर्ने, प्रजनन स्वास्थ्यमा पुरुषको सहभागिता खाने कुराको बन्दोबस्त गर्नु मात्र हो भन्ने मान्यता स्थापित हुनु, महिलाले यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा पुरुष (श्रीमान) सँग खुलेर कुरा गर्ने वातावरण नहुने आदि देखिने किसिमका कारण हुन भने नदेखिने र परक समुदायहरुको अरु सैयौं कारणहरु हुनसक्दछन् ।

आङ खस्ने समस्याका बारेमा करिब एक दशक यतबाट केहि अनुसन्धानहरु हुन थालेका हुन् । ती धेरै जसो अनुसन्धानहरुले बताए अनुसार पहाडी तथा हिमाली क्षेत्रमा अन्य भन्दा बढी । मध्यपश्चिम तथा सुदुर पश्चिममा अन्यत्र भन्दा बढी आङ खस्ने समस्या भएको बताउँछ । त्यस्तै जातीका हिसाबले जनजाती तथा दलित समुदायका महिलाहरुमा यो समस्या बढी देखिएको बताउँदछ । अनि, ती अध्ययनहरु सबैको प्रमुख मुद्धा भनेको महिलाले सुत्केरी समयमा पूर्णरुपमा आराम गर्न नपाउँनुलाई बढी उल्लेख गरेका छन ।

कसरी खस्छ त आङ अर्थात पाठेघर?

समाजमा यहि कुराको ज्ञान र रोकथामका सीपको अभावका कारण महिलाहरुको आङ खसेको हो । महिलाहरुको प्रजनन् अङ्गहरूको बनावट जटिल किसिमको हुन्छ र त्यत्तिकै संवेदनशील र कमजोर पनि हुन्छन् । सुत्केरी भएको समयमा त झन यी अङ्गहरूको कम्जोर रकोमल भएका हुन्छन् । उनीहरुले खाने खुराकी योषणयुक्त भएमा र पर्याप्त आराम पाएमा मात्र विस्तारै यी अङ्गहरू मज्बुत हुन पाउँदछन । घरको केहि न केहि त काम गर्नु पर्ने बााध्यता हुन्छ तर यही बेलामा कम्तिमा ४५ दिन सम्म पूर्ण आराम र ५/६ महिनासम्म भएपनि बलपर्ने काम गर्न वा गह्रो सामन उठाउँने काममात्रै भएपनि गर्ननपर्ने अवस्था परिवारले गरिदिएमा आङ खस्ने समस्याबाट बचाउँन सकिन्छ । अन्यथा त्यहि कारणले नै हो आङ खस्ने । पाठेघर दुईतिरबाट झुिण्डएर अडिएको हुन्छ र मुख्य भर त्यसैको हुन्छ । कडा कामको कारण सुत्केरी हुँदा कम्जोर भएका ती झुण्ड्याउँने मांशपेशीहरु बल पर्ने काम गर्दा कामको निरन्तर दवाव यसमा पर्न जादा ती वन्धनहरू तन्किन्छन् र कसैको त खुस्किन्छन र पाठेघर बाहिर आउन थाल्छ । जबकि पाठेघर आफ्नो पुरानो स्थानमा फर्कन हामीले सहयोग गर्न आराम गर्नुपर्दथ्यो । सबैको हकमा कामको मात्र भूमिका पनि छैन, किनकि सानो उमेरमा बिवाह गरिएका किशोरीहरुले धेरै पटक गर्भधारण गर्दा पनि ती तन्तुहरू माथि दबाब बढिरहेको हुन्छ । त्यसकारण पनि सरकारले दुइवटा भन्दा बढी बच्चा नजन्माउँनु र ती दुईको पनि जन्मान्तर कम्तिमा दुई बर्षको हुनुपर्दछ भनेको हो । यो कुरा धेरै अध्ययनहरुले नै बताएको हो । नेपालको सनदर्भमा पनि १९ वर्ष भन्दा कम उमेरमा बच्चा पाउने करीब दुईतिहाई महिलाहरूमा यो समस्या अध्ययनहरुले बताएको छ । त्यसमा पनि बिना तालिमका मानिसले परम्परागत तरिका अपनाएर सुत्केरी गराएका छन भने त आङ खस्नका लागि अरु मद्दत गरिरहेको हुन्छ । किनकि परम्परागत तरिका अनुसार सुत्केरी गराउँन पेट थिचिदिने, बच्चा जन्मिए पछि साल खसाल्न मुखमा कपाल खाँद्न लगाएर धेरै नै बल परोस भनेर बारम्बार वाकवाक गराउँने आदि । यस्तो कामले पाठेघरलाई सालसँगै झार्न सहयोग गरिएको हुन्छ । गाउँमा सुरक्षित तरिकाले सुत्केरी गराउँन विभिन्न ठाउँमा बर्थिङ सेन्टरहरु स्थापना गराइएको र पनि घरमा सुत्केरी गराउँनेको संख्या अझै उल्लेखनीय छ ।

सुत्केरी चोख्याएको भोलीपल्ट देखि नै काममा हिँड्न परेका महिलाहरुको ग्रामीण क्षेत्रमा धेरै ठूलो छ । ती सबै पाठेघर खस्ने जोखिमा छन् । परिवारको दवावले यस्तो भएको हो । पाठेघर खसेपछि यौनसम्पर्कमा पीडा हुँदा महिलाले यौनसम्पर्क गर्न असहमती गर्दा धेरै श्रीमानहरुले श्रीमतिलाई यौनसम्पर्क गर्न नपाएको कारणले नै हिंसा गरेका हुन्छन् । लामो समयसम्म पाठेघर खस्दा संक्रण भएर पानी बग्ने र दुर्गन्ध हुनेहुनाले श्रीमानले उपचार गर्नुको सट्टा अमानवीय तरिकाले अपहेलना गरिरहेका पीडा पनि खेमिरहेका हुनछन् । कतिपय श्रीमानहरुले त्यसैका कारण दोश्रो विबाह पनि गरेका छन । यसरी दोहोरो तेहरो पीडा खपेका हुन्छन आङ अर्थात पाठेघर खसेका महिलाहरुले ।

रोकथामका लागि के गर्न सकिन्छ त ?

यो व्यक्तिगत रुपमा प्रजनन स्वास्थ्य समस्या हो तापनि प्रमुख कारण सामाजिक राजनीतिक कारण नै प्रमुख भएर आएको छ । त्यसकारण समाजमा विद्यमान अन्यायपूर्ण लैङ्गितामा आधिरित विभेदपूर्ण मान्यताको अन्त्यसँगै यसको पनि समस्या समाधान हुने भएकाले नारीपुरुरुष समविकासका कार्यक्रमहरु विभिन्न निकाय मार्फत उपयुक्त विधिको प्रयोग गरी मुदायमा पु¥याउँनु आवश्यक छ । जसले मानिसको सांच र व्यवहारमा परिवर्तन गर्न सकिन्छ । त्यस्तैगरी राजनीतिक समस्या पनि भइकाले यसका बारेमा प्रभावकारी नीतिको पनि आवश्यक छ जसले महिला सशक्तिरिणमा दीर्घकालिन प्रभाव पर्न सकोस । जसका कारण अन्यायपूर्ण अवस्थाको डटेर मुकावला गनृ सकुन। महिलाको लागि. महिलाले सशक्त पैरवी गर्न सकुन । यसले नै दीर्घकालिन रुपमा समस्याको समाधान गर्न सक्ने छ । यौन तथा प्रजनन स्वास्थ्य अधिारको पूर्ण रुपमा उपभोग गर्न सक्ने छन् ।

विद्यालय वा विद्यालय बाहिरका युवाकिशोरकिशोरीहरुको लागि लैङ्गिक विकास र यौन तथा प्रजनन स्वास्थ्य चेतनाको विकास गर्नुका साथै त्यससँग सम्बन्धित जीानोपयोगी सीपको विकास गर्ने किसिमको योजना तथा कार्यक्रमहरु कार्याज्वयन गर्न आवश्यक छ । यसले गर्दा आङ खस्ने समस्या लगायत यौन तथा प्रजनन स्वास्थ्यका तमाम अधिकारका सवालमा समुदायमा पैरवी गर्न सक्नेछन । आवश्यक परामर्श गर्न सक्नेछन । आङ खस्ने समस्याको समाधानमा उनीहरुको भूमिका धेरै नै महत्वपूर्ण हुने छ । अर्को तर्फ हेर्ने हो भने आउँने पुस्तामा यो समस्याको समाधान स्वतः घट्दै जाने निश्चित हुने छ । सामाजिक रुपान्तरण अर्को महत्वपूर्ण पक्ष हो, त्यसमा राजनीतिक इच्छा शक्ति आवश्यक छ, त्यसका लागि पनि महिला तथा युवाकिशोरकिशोरीहरुको सशक्तिकरण अति आवश्यक छ जसले दवावपूर्ण जनपैरवी गर्न सक्ने छन् । विभेदकारी सामाजिक संञ्जाललाई क्रमश कमजोर बनाउँन सकदछन ।

समाजमा विद्यमान परम्परागत प्रचलनहरु जसलाई एकीकृत किसिमले सुधार गर्न सकिन्छ । जस्तै बालविवाहलाई निरुत्साहित गर्ने, सुत्केरी गराउँन स्वास्थ्य संस्थामा लैजान प्रेरित गर्ने, जन्मान्तर बढाउँने र दुई भन्दा बढी सन्तान नजन्माउँन जनपैरवी गर्ने र तयसको लागि स्थानीय निकायका स्रोतहरुको पैयोग गर्ने । गाउँमा तालिम प्राप्त स्वास्थ्य कर्मीको सुविधालाई निश्चित गरिराख्ने पनि अर्को विकल्प हुन सक्दछ ।

आङ झर्ने समस्याको रोकथामका लागि मुरुषहरुको भूमिका सबै भन्दा प्रभुख हुन्छ । घर भित्र र बाहिरका सबै किसिमका भूमिकाहरुका बारेमा सचेत गराउँने र त्यसका लागि समाजमा उचित वातावरण कनाउँनु पर्दछ । कम्तिमा पोषणयुक्त खानाको व्यवस्था गर्ने मात्र होइन कति व्यवस्था गर्ने भन्ने कुराको पनि ज्ञान हुनु आवश्यक छ । त्यस्तै महिलाले गर्दै आएका बल पर्ने किसिमका कामहरु पूरुषले नै गरिदिने वातावरण बनाएमा त्यसबापत महिलाले पूरा समय आराम गर्न पाउँने छन भने लैङ्गिक समविकासको व्यवहार आउँने छ । जसको कारण यौन तथा प्रजनन स्वास्थ्य अधिकार स्थापित हुन मद्दत मिल्ने छ ।

पाठेघर खस्नबाट बचाउँन र सामान्य रुपमा मात्रै समस्या परेको छ भने घरमा पनि सामानय अभ्यास गरेर पाठेघरलाई अड्याउने मांशपेशीहरुलाई दह्रो पार्न सकिन्छ । जस्तैः आएको दिसा वा पिसाब रोकका लागि अपनाइने कसरथ जस्तै १० देखि १५ मिनेट विहान बेलुका गर्न सकिन्छ । हल्का तरिकाले छिटो छिटो नगरिकन कपालभाती विधिको योग गर्न सकिन्छ । यसकालागि विस्तृत जानाकारी लिनका लागि प्रशुती विशेषज्ञ वा फिजियोथेरामिष्टसँग परामर्श लिनु आवश्यक छ । अरु केही उपाय नभए लामो (करिव २ महिन पूर्णरुपमा आराम गर्नु पर्दछ ।

पूर्णरुपमा खसिसकेको पाठेघर पूणरुपमा फर्काउँन सकिदैन, त्यसको उपाय भनेको पाठेघर निकाल्नु पर्ने पनि भएको हुनसक्दछ । बरु त्यसलाई बाहिर निस्कनबाट बचाउँन खस्न शुरु भएको बेलामा नै रोक थामको विधिको प्रयोग गर्न सकिन्छ । यस्ता विधिहरुको प्रयोग यस सम्बन्धी तालिम प्राप्त स्वास्थ्य कर्मीहरुले गर्दछन् । उनिहरुले योनी भित्र चुरा जस्तो आकारको रबरको चक्की (रिङ्ग पेसरी) राखेर अड्याइ दिन्छन् । तर यो अस्थायी उपाय हो । स्वास्थ्य कर्मीले राखिदिएपछि यो चक्का हरेक तीन महिनामा निकालेर सफा गर्ने र पानीमा उमालेर फेरि राख्ने गर्नु पर्दछ । यसका बारेमा सामान्य तालिम लियो भने यो काम आफै पनि गर्न सकिन्छ । चक्का राखेको अवस्थामा गर्भवती भए चाहिँ निकाल्नु पर्दछ । कतिपय महिलाहरुले एक पटक राखेपछि कहिल्यै ननिकाल्ने भएकाले यसैका कारण पनि अर्को स्वास्थ्य समस्या लिएर स्वास्थ्य संस्था जाने गरेको पनि पाइन्छ । लामो समयसम्म ननिकाल्दा यसमा मासुले जेलिएर सानोतिनो अपरेशन नै गरेर निकाल्नु पर्ने पनि हुनसकदछ । पाठेघर पुरै निस्केको र त्यो अवस्थामा गर्भधारण गर्नु छैन भने अपरेशन गरी पाठेघर पुरै निकाले फाल्नु नै सधैभरीको पीडाबाट मुक्त हुने उपाय हो । यसरी फाले पनि दैनिक कार्य गर्न वा यौन क्रियाकलापमा कुनै फरक पर्दैन । “एक्सरसाइज” र “सेक्सरसाइज” दुबै चल्छ ।

Leave a Reply