What is Sperm?

शुक्रकिट भनेको के हो ?
hशुक्रकिट  भनेको पुरुष अण्डासय (Testicle) हुँदै यौन क्रियाकलाप गर्दा लिङ्गबाट निस्कने अनुकण (sex cell) हो । यौन सम्पर्क हुँदा स्खलन योनीमार्ग हुँदै पाठेघरको माथिको डिम्ब नली (Fallopian tube) सम्म पुग्दछ महिलाको पाठेघर तिर आउँदै गरेको डिम्बसँग मिलन भई निशेचित हुन्छ अर्थात त्यो डिम्ब भित्र पस्दछ । त्यहिबाट सुरु हुन्छ गर्भधरण प्रक्रिया । पुरुषको शुक्रकिट महिलाको डिम्बसँग निशेचित भएपछि डिम्ब भित्र भ्रुण (zygote) बन्दछ ।

शुक्रकिटलाई नाङ्गो आँखाले देख्न सकिँदैन । यसलाई उपकरण द्वारा हेर्दा भ्याकुताको फुलबाट भर्खर निस्केको चेपागाँडा जस्तै देखिन्छ । सामान्यतया पुरुषको एक पटकको वीर्य स्खलनमा (करिव २–५ मि.लि) करीब ४० देखि १०० करोड शुव्रmकीटहरु सँगै निस्केका हुन्छन् । स्खलन हुँदा शुक्रकिटसँगै निस्केका वीर्यले शुक्रकिटको लागि बचाउँन मद्धत गरेको हुन्छ अर्थात ती शुक्रकिटको लागि आवश्यक पोषण तत्व हो । यौनी मार्गहुँदै पाठेघरमा पुग्न सजिलो होस भनेर लिङ्गबाट स्खलन हुँदा तेजसँग निस्कन्छ । यसरी स्खलन हुँदा वीर्यसँगै निस्कने शुक्रकिटको संख्या करोडौं हुन्छ तर पनि ती मध्ये थोरै मात्र डिम्बसम्म पुग्दछन र बाँकि पाठेघरको यात्रामा पौडिन नसकेर मर्छन र डिम्बसम्म पुगेका थोरै शुक्रकिट मध्येमा पनि शक्तिशाली एउटा मात्र महिलाको पाठेघरमा रहेको डिम्वसँग मिलन हुन्छ अर्थात निशेचित (conception) हुन्छ । त्यसैबाट गर्भ रहन्छ, मान्छे भएर जन्मन्छ । बाँकि सबै त्यहि मर्दछन् किनकि यिनीहरु धेरै समय बाँच्न सक्दैनन् ।

मानसिक चिन्तामा डुब्ने, नियमित जाँड÷रक्सी पिउँने, चुरोट वा सुर्तिजन्य पदार्थ सेवन गर्ने, लागुऔषको लतमा परेको, सन्तुलित आहार नगर्ने अवस्थाको मानिसको शुक्रकिट पनि कम्जोर हुन्छ र त्यसका कारण गर्भधारण भएर जन्मने बच्चामा पनि त्यसको असर पर्न जान्छ । स्वस्थ शुक्रकिट निर्माणमा हाम्रो खानपान र बानी व्यवहारले पनि प्रभाव पार्दछ । बच्चा जन्मदा अपाङ्गता भएर जन्मनुलाई पनि शुक्रकिटको कारण हो भन्ने धेरै मानिसमा भ्रम छ । यो त गर्भधारण पछि जब भ्रुण णको विकास हुन थाल्दछ त्यो प्रक्रियामा हुने हो र तर कतिपय बंशजमा सर्दै आएका केहि अपाङ्गताका कारण चाहि पुरुष वा महिला वा दुबैको कारण हुन सक्दछ । जस्तै विस्तारै सबै मांशपेशीहरु कम्जोर हुदै निष्कृय शरीर बनाउँने एक किसिमका अपाङ्गता मस्कुलर डिस्ट्रोफी । त्यस्तै कहिले काहिं बौद्धिक अपाङ्गतामा पनि शुक्रकिटको कारणले पनि हुन्छ भनिए छ तर त्यो महिलाको डिम्बका कारण पनि हुन्छ । बास्तबमा अधिकांश बौद्धिक अपाङ्गता शुक्रकिट वा डिम्बको कारणले नभएर गर्भधारण भएपछि आमाको स्वस्थ्य हेरचाह नभएर वा आमा र बच्चाका लागि पोषण तत्वको कमिले हुने हो । त्यसका अलावा महिला माथि हुने हिंसा, समयमा उपचार नपाउँनु वा जथाभावी औषधिको प्रयो गर्नु आदि कारणहरु पर्दछन ।

What is Sperm?

Sperm is the reproductive cells (sex cell) that are oozed put from penis, male reproductive organ, through testicle while having sexual intercourse. Sperm are invisible to naked eyes and if microscope is used to see it, it looks like a school of tadpole. Generally, semen contains approximately 40 to 100 crore of sperm cells in one cycle of ejaculation. Without sperm, the semen dies because the nutrition required by semen is provided by sperm cells.

During ejaculation, the semen that oozes out along with sperm cells the sperm helps in keeping the sperm cells alive. The sperms cells are the nutrition of sperms. The sperm oozes out with great speed to help make its way easier to get in the uterus of a female through vaginal walls. Sperm cells are very efficient at swimming to reach an egg for fertilization. Among millions of sperm cells that swim towards the Fallopian tube, only few reach to their destination. The rest, who are non-motile, dies on their way. Additionally, among hundreds who successfully swim and reaches up to the Fallopian tube, only, one strongest cell among them, successfully reaches the egg to fertilize it and the process of conception begins where a zygote is then formed.

The probabilities of having low semen quality are higher among men, who are addictive towards alcohol, tobacco products, and hard drugs and are living a stressful life. As a result, children born out of such cells might be unhealthy or have health implications. Following healthy habits and consumption of nutrients-rich food helps in the better production of sperms.

Many people have negative beliefs regarding this. Many people blame the quality of sperm to be responsible for producing handicapped children and this is not true. Such condition develops during the process of zygote development.

Leave a Reply