Is Premarital Sex Wrong? What is the right age to start having sex?

विवाह अघिको यौन सम्पर्क राख्नु गलत हो? यौनसम्पर्क राख्न उचित उमेर कहिले देखि ठीक हुन्छ ?

मानिसहरुमा केहि बर्ष पहिला देखि यो सवालको पक्ष र विपक्षमा खुलेर छलपल चलाउँन थालेका छन् । हाम्रो समाजमा मात्रै होइन संसारकै सबै समाज र संस्कारका प्रचलनले विवाह अगाडि यौन सम्पर्क गर्न बर्जित गरेको छ । विवाह अगाडि यौनसम्पर्क गर्न हुँदेन भन्नेको संख्या निकै ठूलो अहिले पनि भएको अनुमान गर्न सकिन्छ । तर यस सँगै विवाह अगाडि लुकिछिपी यौनसम्पर्क गरेका मानिसको संख्या पनि उत्तिकै ठूलो संख्या छ । विवाह अगाडि यौनसम्पर्क गर्नु हुन्न भन्ने तर यौनसम्पर्क पनि गर्नेको संख्या पनि उल्लेखनीय भएको सबैले सहजै अनुमान गर्न सकिन्छ । यो पनि एक किसिमको खुल्ला गोनीयता भएको छ ।

समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा यौन सम्पर्क र विवाह अलग अलग कुरा हुन । विवाहलाई एक परम्परागत सामाजिक संस्था ९त्चबमष्तष्यलब िक्यअष्ब िक्ष्लकतष्तगतष्यल० हो । हाम्रो समाजका कतिपय समुृदायमा आजका दिनसम्म पनि श्रीमान श्रीमति भएर घरज मगर्दछन्, बच्चा जन्माउँछन र छोराछोरीको विवाह अगाडि सम्म श्रीमान श्रीमतिबीच विवाह भएको नहुन पनि सक्छ । त्यस्तो भएमा बाआमा र छोराछोरीको विवाह एकै दिनमा पनि गरेको पाइन्छ । यसको अर्थ केहो भने विवाह भनेको श्रीमान श्रीमति भएर घरजम गर्नु सन्तान जन्माउँनु मात्र होइन । किनकि विवाह हुन आ–आफ्ना धर्म संस्कार अनुसार परम्परा देखि अपनाइदै आएका निश्चित विधि र प्रकृया पुरा गर्नु हो । वा देशको कानुनले तोके अनुसार कानुनी प्रकृया पुरा गरेर प्रमाणित हुनु हो । जसमा एक महिला र एक पुरुष समाजमा चलिआएको रितिरिवाज र कानुन बमोजिम, सन्तान उत्पादन गर्ने उदेश्यले एक सामाजिक बन्धनमा बाँधिन्छन र समाजले उनीहरुबाट हुने यौन सम्बन्धलाई स्वीकार्दछ अर्थात मान्यता दिएकोछ । यसरी भरिएको यौनसम्पर्कलाई सभ्य व्यवहार भनेर समाजमा स्थापित छ । यौनसम्पर्क विवाह भन्दा फरक कुरा हो । एक जना मानिसको जीवनको केन्द्रीय पक्ष हो । अरु प्राणीको जस्तै मानिसको लागि पनि यौन जीवन एक अपरिहार्य र अभिन्न अंङ्ग हो । मानिस बाँचुञ्जेलीको आधारभूत आवश्यकता गाँस बास कपाससँगै सहबासको पनि आवश्यकता पर्दछ, जीवनको लागि जरुरी हुन्छ । त्यसैले यौन र विवाहलाई एउटै तरिकाले हेर्न र बुझ्न हुँदैन ।

आज भोली मानिसहरु ढिलो विबाह गर्नेको संख्या बढ्दै छ किशोरावस्था देखि मानिस यौन क्रियाकलापमा सकृय भएको हुन्छ र प्रायले युवावस्था (२५ बर्ष) पछि नै विबाह गर्न थालेकाले यो लामो समयसम्म सबैले यौनसम्पर्क नगरी बसेका हुँदैनन् । विज्ञानमा आएका परिवर्तनले विगतमा मासिनका लागि रहस्य मानेका सबै कुराहरुको रहस्य खुल्दैछ । त्यसैले समाजिक रुपमा बर्जित गरिएका कुराहरुमा समाजले अस्वीकार गर्न थालेको छ । विश्व ब्रह्माण्डीकरणले गर्दा संसारका हरेक सूचना छिन भरमै सबै ठाउँमा थाहा हुन्छ । नयाँ खोज अनुसन्धानका कुराहरुले परम्पराबाट चल्दै आएका कतिपय कुराहरुमा यौन तथा यौनिकताका कुराहरुमा पनि परिवर्तन ल्याएको छ । अर्थात यौन जीवन शैलीमा पनि परिवर्तन आएको छ । त्यसैले विवाह अघि यौनसम्पर्क गर्नु कति उचित वा अनुचित भन्ने कुरामा मानिस आफैले निर्णय गर्न सक्ने भएको छ । कहिले गर्ने ? कोसँग गर्ने भन्ने मानिसको अधिकार वा निर्णयको कुरा हो तर विवाह अगाडी गर्नै हुन्न भनेर अरुले भन्न पाउँदेन । बरु अरुले जिम्मेवार र सुरक्षित यौनसम्पर्कको बारेमा सचेत गराउँन सक्दछ । अब त कानुनले पनि विवाह अगाडिको यौनसम्पर्कलाई बन्देज लगाउँन सक्दैन । अर्को महत्वपूर्ण कुरा के हो भने समाज वा परिवारमा अरुलाई नकारात्मक असर पार्ने गरि वा विसंगती बढाउँने किसिमको यौनसम्पर्क चाहिं गर्नु हुँदैन । सानो उमेरमा पनि यौनसम्पर्क गर्नु हुदैन किनकि यौनांगहरु पूर्णरुपले विकास भएको हुदैन । त्यसैकारण कानुनले पनि १८ बर्ष भन्दा अगाडी विवाह गर्न प्रतिबन्ध लगाएको हो । विदेशका अन्य मुलुकमा त १८ बर्ष मुनिका लागि नग्न चलचित्र (ब्लु फिल्म) हेर्न पनि प्रतिबन्ध लगाइएको छ । किनकि त्यस्ता चलचित्रले यौन सम्पर्क गर्न प्रेरित गर्नसक्छ र यौनांग राम्रोसँग विकास नभई यौनसम्पर्क गर्दा प्रजनन स्वास्थ्यका पक्षमा त्यसले जीवन भरी जटिल समस्या उत्पन्न हुनसक्छ । यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका विज्ञहरुले २० बर्ष अगाडि यौनसम्पर्क नराख्न सुझाव राखेका छन् ।

Is premarital sex good? What is the appropriate age to have sexual relationship?

People largely hold discussions regarding the merits and demerits of premarital sex. Not only in Nepal, have many societies around the world discouraged sex before marriage. Till today, sex before marriage is discouraged in many countries of the world. On the other hand, there is huge number of people who involved in sex before their marriages. Premarital sex is an open secret.

Sociologically, sex and marriage are totally different. Marriage is a traditional social institution. Especially in Nepalese society, a male and a female live together only after getting married but there are few couples who are living together without getting wed locked. Moreover, there are couples who are not married yet they have children who have already reached their marriageable ages. This means that marriage is not only living together and having children. Marriage is just a process to be followed by an individual according to their customs or the particular country’s marriage law. Marriage is a social institution where the society allows them to sleep together and have children. Only the sexual relationships following their marriages are socially accepted. But sexual relationship is different than a marriage. Sex is the central aspects of one’s life. Sexual relationship is the most important activity of human life. If food and shelter are basic needs of human life, sex is also one of the most important facets in life. Thus, sex and marriage should not be understood as having similar nature.

Today, the age at marriage is increasing. At the same time, people are being more active in sexual relationships. So, it is evident that people involved in sex in this longer period, a period that connects marriage and sexually active life. All the hidden agenda of life is now being more open, thanks to the development of science. Thus, society has started to prohibit such activities. The world has become a global village and information from one corner of the world gets diffused in other parts of the world within seconds.

Various types of modern researches have unfolded hidden aspects of sex and sexualities as well. Thus, there are changes in sexual lives as well. So, people are now self-aware to take their self-decision regarding premarital sex. It is the right of an individual to select his/her sexual partner. It is the right of an individual to decide when to have sexual relationships. Thus, no one can restrict others from having premarital sex. But it is the duty of people to promote or educate other people about safer sexual behaviors. Law also cannot prohibit premarital sex.

Having said that, an individual should not involve in sexual relationship that give negative impacts on his/her family. One should not involve in sexual activities at younger age. Having sex at an early age is dangerous to reproductive health because they have immature sexual organs. This is why; law has prohibited marriage before the age of 18. In other countries, people under the age of 18 are prohibited to watch adult contents as well because such contents encourage sexual activities. Experts do not encourage people to have sex before they are 20 years old.

Leave a Reply