Useful Tips for Personal Hygiene During Menstrual Periods

महिनावरी हुँदा किन गरिरहनु व्यक्तिगत सरसफाई ?

महिनावारी हुँदा अरुबेला भन्दा बढी छुनु पर्ने (मायाँ गर्नुपर्ने), आराम गर्नुपर्ने, खाना पकाउने लगायत घरभित्रको हलुका काम चाहिं गर्नुपर्र्नेे, सरसफाई राम्रो ध्यान पुर्यानुपर्ने, परिवारसंगै बस्नुपर्र्नेमा हाम्रो समाजमा यसको ठीक विपरित अवस्था अभैm पनि कायमै छ । परम्परा र धार्मिक मान्यता अनुसार विभिन्न कारणहरु दिइएको पाइन्छ । त्यसमा पनि महिनावारी हुँदा बग्ने रगत बग्ने हुँनाले महिला फोहर भएको हनाले अलग्गै बस्नुपरेको भन्ने आम मानिसको बुझाई छ ।

के महिनावारी हुँदा योनीबाट आउने रगत फोहर नै हो त ?
अधिकांश मानिसले यसलाई फोहनै हो भन्ने मान्यता खाख्दछन र यस्तो प्रश्न कतिपय साधारण स्वास्थ्य कार्यकर्ताहरूले पनि गरिरहेका हुन्छन् । केलाई फोहोर भन्ने कुरा महत्वपूर्ण हुन्छ । फोहोर भनेको शरीरलाई हानी गर्ने गन्हाउने वस्तु भनेर मान्ने हो भने महिनावारीको रगत फोहोर हुदैहोइन । महिनावरी हुँदा योनीबाट बग्ने, जसलाई रगत पनि भनिन्छ, तर उक्त रगतमा शिरा र धमनीमा वग्ने जस्तो रगत होइन । यसमा मरेको डिम्वको बा“की अंशहरू, पाठेघरको भित्तामा टाँसिएर अनेकौं झिल्ली जस्ता तन्तुहरु लगायत अनेकौं पदार्थहरु मिसिएका हुन्छन । ती पदार्थहरु गर्भधारण भएपछिको भ्रुणको पोषणकालागि शरीरले जम्मा गरेको अनेकौ मिश्रीत अत्यान्तै पोषिला पदार्थहरु हुन । गर्भधाण नभएपछि त्यो पाठेघरको भित्ताबाट खुइलिएर योनीबाट बाहिर निस्कनन्छन । त्यसमा केहि रगतको मात्रा पनि हुन्छ । ती वस्तुहरूले शारीरलाई केही हानी नोक्सानी गर्दैन । रगतको मात्रा पनि छ भने महिनावारी भएको बेला लगाएको सुतिको कमडाको प्याड धुँदा कुनै किसिमको दाग बस्दैन । यदि रगतको कुनै कारणले गरतको मात्रा पनि बढी रहेछ भने दाग बसेको हुन्छ । महिनावरीको रगतलाई फोहोर रगतको रुपमा लिनु हुदैन ।

महिनावरीमा हुने रक्तश्राप योनीबाट बाहिर निस्के पछि वाहिरी वातावरणको प्रभाव र जीवाणुहरुको प्रबेशले गर्दा चाहिं फोहर हुन जान्छ र सफाई नगर्दा त्यसबाट गन्ध आउँछ । नियमित सफाइ नगरेमा यौन जन्य संक्रमण हुन थाल्छ । त्यसैले नियमित सफाई गर्नु आवश्यक छ ।

कसरी गर्ने सरसफाई ?
प्रत्येक दिन साबुन वा स्याम्पुले नुहाउने । नुहाउँदा योनीलाई पनि राम्रोसँग सफा पानीेले पखाल्ने गर्नाले संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । महिनावारी हुँदा बग्ने रगत सोस्नलाई स्यानिटेरी प्याड वा घरमै बनाइएकोे सफा र नरम सुतिका कपडाको प्याड बनाइ योनीमा राख्नुपर्छ ।

एक दिनमा दूई पटक र सम्भावना नभए कम्तिमा एकपटक चाहिं नयाँ प्याड फेर्नुपर्छ । घरमा बनाउने प्याड सुद्ध सुतीको नै हुनु पर्दछ र सकेसम्म सेतो हुनु राम्रो हुन्छ । यसो गर्दा योनीबाट रगत मात्रै आइरहेको छ कि अन्य वस्तु पनि छ भन्ने कुरा थाहा हुन्छ । किनकि महिनावारी भए जस्तै गरेर कहिले काँही गर्भपतन भएको हुन पनि हुनसक्दछ । सुतीको कपडा बाहेक अरु कपडाको प्याड प्रयोग गर्दा योनीबाट बग्ने रगतलाई राम्रोसंग सोस्न सक्दैन र गन्हाउने र चिल्चिल्याउँने हुनसक्छ ।
पुरानो प्याडलाई फेरि प्रयोग गर्नुहुदैन । सुतीको कपडाको प्याड हो भने साबुन पानीले राम्रोसँग धोएर घाममा राम्ररी सुकाए पछि मात्रै गर्नपर्छ । धेरै महिलाहरु त्यसरी धोएको प्याड कसैले नदेख्ने र घाम नलाग्ने ठाउँमा वा बाहिर सुकाए पनि बाहिर पट्टीबाट कुनै अरु कपडाले छोप्ने गर्दछन् । त्यसो गर्नु उनिहरुको धर्मपरम्परा मान्दछन् । त्यसो गर्नु हुदैन किनकि प्रत्यक्ष घाममा नसुकाइएको प्याड फेरी प्रयोग गर्दा ढुसी लगयात नदेखिने जीवाणुको कारण योनीमा संक्रमण हुनपुग्दछ । घाममा सुकाउँदा ती संक्रण गर्ने जीवाणु समेत नष्ट हुन्छन ।

प्याडको प्रयोग गर्दा दुबै तिघ्राको काछमा रगतले नभिज्नेगरी लगाउँनु पर्छ, अन्यथा काछ लागेर छाला पाछिन सक्छ । संभव भएमा काछमा पाउडर लगाउँदा राम्रो हुन्छ । महिनावरी भएको वेला आउने रगत बाहिर आइ सकेपछि हाम्रो शरीरमा भएको फोहोरमा बस्ने किटाणुहरूको लागि राम्रो खाना बन्छ । परिणाम त किटाणुहरूको वृद्धि विकास भई सक्रमण गराउन सक्छन् । राम्रो सँग सफा गरे किटाणुहरूको लागि यो अवसर मिल्दैन हामी निरोगी बन्छौं ।

कब्जियत भएको बेलामा महिनावारी हुँदा असजिलोपनको अनुभव हुनसक्छ । त्यस्तो बेलामा प्रसस्त मात्रामा पानी, हरियो सागपात तथा फलफूल खाएमा कब्जियतलाई कम गर्न मद्दत मिल्छ । त्यसै पनि महिनावारीभएको बेला पोषिलो खानेकुरा खानपर्ने हुँदा यो धेरै राम्रो तरिका पनि हो ।

महिनावारीबारे केहि अन्धविश्वासहरू
महिनावरी सम्बन्धी समाजमा अनेकौं किसिमका अन्ध विश्वासहरु छन्, त्यसले पनि महिलामाथि मानसिक रुपमा हिंसा गइरहेको हुन्छ । सबै धर्मसँंस्कारका कथाहरुमा पनि महिनावारी भएको अवस्थालाई अपवित्र रुपमा लिएका छन् । त्यस बाहेक विभिन्न समाजहरुमा महिनावारी प्रति रहेका भ्रमहरु मध्ये केहि निम्न अनुसारका छन्ः

  • योनीबाट बग्ने रगत फोहर रगत हो,
  • महिनावारी भएको बेला लोग्ने मानिसलार्ई छुनु हुँदैन, भन्छामा जान र पकाएका खान छुनु हुदैन ।
  • पूजा गर्न, मन्दिर जान, लगायत धार्मीक र साँस्कृतिक चलनका कुनै पनि काममा सहभागी हुनहुँदैन,
  • महिनावारी भएको अवस्था भनेको कुकुर्नी भइएको हुन्छ,
  • गाई भैंसी बाँध्ने गोठमा सुत्नुपर्छ वा छुट्टै छाउपडीमा सुतुपर्दछ,
  • बाक्लो लुगा लगाउनु पर्छ,
  • फलपूल छुनु हँुदैन र दहिदुध खानु हुँदैन,
  • यौनसम्पर्क गर्नहुदैन, इत्यादि ।

यी सवै प्रतिनिधिमूलक यदाहरण मात्र हुन किनकि यस्ता धेरै अरु पनि अन्धविश्वासहरु समाजमा छन् । ती सबै व्यवहारिक र स्वास्थ्य निज्ञानका दृष्टिकोणले ठीक उल्टो ध्रुबमा छन् ।

कसरी हटाउँने सबै किसिमका अन्धविश्वासहरु ?

यो काम धेरै कठिन छ । किनकि अन्ध र विश्वास संगै आएको छ । विश्वास मात्रै भए परिवर्तन गर्न सकिन्छ । त्यसैले समाजका अगुवा प्रतिनिधि, परिचालक तथा सामाजिक नेता, धार्मिक संस्थाका प्रतिनिधिमूलक व्यक्ति (जस्तैः पुरोहित, लामा, मुल्लाह, पास्टर, धामी/झाक्री, आमा समूह, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, युवा तथा बाल समरुहहरु लगायत विभिन्न समाजिक संस्थका प्रतिनिधिहरु यस्ता किसिमका सकारात्मक भूमिकाका लागि काम गर्न सक्ने निकायहरु हुन । यी सरोकारवालाहरु हुन र यिनीहरुले नै महत्वपूर्ण भूमिका निवाृह गर्न सक्दछन । स्पष्ट दृष्टिकोण यी निकायमा हुने हो भने, महिनावारी हुँदा महिलाहरूमाथि हुने यस्ता असंख्य दुव्र्यवहारहरूमा परिवर्तन गर्न सक्दछन । यसमा सायद अधिकांश मानिस सहमत हुन सक्दछन तर कुरा स्पष्टसँग हुनु आवश्यक छ ।

Leave a Reply