What is Emergency Contraception?

आकस्मिक गर्भ निरोध (Emergency Contraception) भनेको के हो ?

नचाहेर पनि गर्भ रहन जान्छ वा इच्छा बेगरको यौनसम्पर्कका कारण पनि गर्भरहन जान्छ । यसरी हुने गर्भधारणलाई पनि असुरक्षित यौन सम्पर्क भनिएको हो । कहिलेकाहीँ सुरक्षित यौनसम्पर्कका कुनै विधि असफल पनि हुनसक्छ । त्यर्सगरी, जबरजस्ती करणी भएको अवस्थामा गर्भ रहन सक्छ । यदि उक्त गर्भ अनिच्छित हो भने वा गर्भ बस्छ कि भन्ने शंका लागेमा त्यसलाई रोक्ने उपाय अपनाउनु भनेकै आपतकालिन वा आकस्मिक गर्भ निरोध हो ।

आकस्मिक गर्भ निरोधको साधन अन्तर्गत आकस्मिक गर्भनिरोध चक्कीहरू (Emergency Contraceptive Pills) र आई .यु.डी. (कपर–टी) पर्दछन् । यी साधनहरूले डिम्व निष्काशन हुन नदिएर वा निष्काशन धेरै समय लगाएर, डिम्बसँग शुक्रकिटको निशेचन हुन नदिएर वा निषेचित डिम्बलाई पाठेघरमा टाँसिन नदिएर गर्भ रहनबाट बचाउँछ । आपतकालिन गर्भ निरोधका रूपमा प्रयोग गरिएको अवस्थामा पिल्स चक्कीको असफलता करिव दुई प्रतिशत मात्र छ । कपर टी, पिल्स भन्दा बढी प्रभावकारी भएको पाइएको छ । तर पिल्स आफै प्रयोग गर्न सकिन्छ भने कपर–टी को प्रयोग गर्न तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोग लिनु पर्ने हुन्छ ।

कहिले अपनाउने?
परिवार नियोजनका कुनै पनि साधनहरु प्रयोग नगरिएको अवस्थामा वा साधन असफल भएको अवस्थामा (जस्तै कन्डम फुटनु, पिल्स खान बिर्सनु आदि), बाह्यस्खलन वा अन्य प्राकृतिक गर्भ निरोधका उपाय सहि रुपमा नअपनाउँदा, बलात्कार वा हाडनाता करणी भएमा आदि ।

कसरी अपनाउने?
अनिच्छित गर्भधारण रोकथामका लागि आकस्मिक गर्भनिरोध एक प्रभावकारी उपाय हुन सक्छ । आपतकालिन गर्भनिरोधको चक्कीहरू बजारमा विभिन्न नामले पाइन्छ जस्तै ःआई–पिल्स, आईकन वा ईकोन आदि, त्यसैले औषधिको बट्टामा लेखे बमोजिम वा चिकित्सकको सल्लाह अनुसार ती औषधी खाएमा गर्भ रहँदैन । अथवा, असुरक्षित यौनसम्पर्क भएको ५ दिन भित्र चिकित्सकको सल्लाह अनुसार कपर–टी को प्रयोग गरेर पनि अनिच्छित गर्भ रोक्न सकिन्छ । यस बाहेक ७२ घण्टा भित्र गर्भनिरोधको साधारण खाने चक्की वा पिल्सको ४ वटा सेतो चक्की जतिसक्दो चाँडो खाने र त्यसको ठीक १२ घण्टा पछि अर्को मात्रा ४ वटै सेतो चक्की खाएमा गर्भ रहँदैन ।

प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू
आकस्मिक गर्भनिरोधले यौन अङ्गको सङ्क्रमण र एच.आई.भी÷एड्सबाट जोगाउंदैन । गर्भवती महिलाले आकस्मिक गर्भनिरोधको साधन प्रयोग गर्न हुँदैन । आकस्मिक गर्भनिरोधको साधनलाई नियमित गर्भनिरोधको साधनको रूपमा प्रयोग गर्न हँुदैन ।आकस्मिक गर्भनिरोधले अनिच्छित गर्भ रहनबाट जोगाउँछ तर यो गर्भपतनको प्रक्रिया भने होईन । आपतकालिन परिवार नियोजनको विधिलाई बारम्बार प्रयोग गर्दा भने यसले महिलाको प्रजनन स्वास्थ्यमा पनि नकारात्मक असरहरू पार्नसक्छ । त्यसैले सँधै आकस्मिक गर्भनिरोधको साधन प्रयोग गर्नु भन्दा कण्डम प्रयोग गरी सुरक्षित यौन सम्पर्क गर्नु नै उचित हुन्छ ।

Leave a Reply