How to handle catching your parents having sex?

बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ?

catching-parents-having-sex

कतिपय परिवारमा अभिभावकहरु बीचको यस्तो यौन क्रियाकलापका गतिविधिहरु भएका हुन्छन र कतिपय छोराछोरीहरुले थाहा पाएका हुन्छन् । यो एक किसिमको खुल्ला गोपनीयता जस्तै हुने गरेको धेरै बालबालिकाले आफ्ना मिल्ने साथीहरुसँग गुनासो गरेको हुन्छन् । त्यस्तो अनुभव गरेको प्राय छोराछोरीहरुले यसलाई समान्य रुपमा नै लिएका हुन्छन् । तरपनि सबै बालबालिकाले अभिभावकहरुको यस्तो व्यवहार समान्य रुपमा स्वीकार्न सकेका हुदैनन ।

छोराछोरीहरु जो किशोरअवस्थामा पुग्न थाल्दछन, उनिहरुको शारीरिक मानसिक र संवेगात्मक परिवर्तनहरू तीव्र गतिले भइरहेको हुन्छ । सम्झनुहोस् त तपाई आजभन्दा २–४ वर्ष अघि कस्तो हुनुहुन्थ्यो ? शरीर सानो थियो होला । महिनावारी भर्खर शुरु भएको थियो होला । स्तन दुख्ने र विस्तै त्यो स्तन बढ्दै जान थाल्यो होला । यी परिवर्तहरू सँगै तपाईमा यौन आकर्षण वा यौन प्रतिको रुचि र त्यसलाई नजिकबाट नियालेर हेर्न खोज्ने स्वभाव विकास भएको हुनुपर्दछ । त्यसैले, तपाईले बाबा ममीले गरेको यौन क्रियाकलापको हेक्का राख्न थाल्नुभयो । अभिभावकहरुले यौनसम्पर्क गरेको थाहा पाउँदा तपाईलाई उहाँहरू प्रति घृणाभाव विकास हुनु पनि तपाईमा हुर्कदै गरेको यौन भावना र चाहानाको उपज हो । यसमा तपाईले दिक्क वा अप्ठयारो मान्नु भन्दापनि सहज र सामान्य रूपमा लिनु पर्छ । विर्सनु नहुने कुरा के भने तपाई हामी यदि हाम्रा आमबुबाले यौन सम्पर्क नगरेको भए जन्मिने नै थिएनौ । त्यसैले, स्वीकार्न पर्ने कुरा के हो भने जसका पनि आमाबुबाले यौनसम्पर्क गर्छन । बरु उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज बनाइदिन तपाईले गर्न सक्नेसम्मको मद्दत गर्नुपर्छ । नरिसाइकन अनुकुल वातावरण भएको समयमा राम्रोसँग कुरा गर्न सक्नुहुन्छ, छोरीले ममीसँग र छोराले बाबासँग कुरा गर्न कुनै अप्ठ्यारो मान्न पर्दैन । यौनका बारेमा खुलेर कुरा नगर्दा त्यसले सधैं नराम्रो असर पारिरहेको हुन्छ ।

बाबाममीको यौन कृयाकलापहरु तपाईले थाहा पाएको छैन भन्ने लागेको हुनसक्छ वा यदि थाहा पाएको छ भन्ने लागेको भएपनि तपाईले आफुलाई उहाँहरुको कृयाकलापका कारणले परेको समस्या यथार्थमा स्पष्टसँग भन्दा राम्रो हुन्छ किनकि कसरी गोपनीयता कायम गर्ने भन्नेर उहाँहरु बीच पनि कुृराकानी हुनपाउँछ ।

कुरा रह्यो तपाइलाई बाबाममीको यौनसम्पर्कले गर्दा दक्क लागेको कुरा, यो दिक्क मान्न पर्ने कुरा होइन । किनकि समाजले यसलाई लाजसरमको विषयबस्तुको रुपमा लिएको हुनाले हामीलाई पनि त्यसको प्रभाव परेको हो । यौन र यौनिकताका बारेमा हामीले कहिल्यै पनि सही जानाकारी नपाएको कारण र अझ त्यससम्बन्धी भ्रमहरु धेरै भएकाले दिक्क लागेको मात्र हो । श्रीमान श्रमति बीचमा यौनसम्पर्क हुनु सामान्य कुरा हो । त्यसको समाधानको उपाय तपाईसँग मात्रै छ जुन अत्यान्तै सहज तरिकाले समाधान गर्नसक्नु हुन्छ

For many times, I have caught my parents getting involved in sexual performances and I have always reacted if I was unknown about that. Due to this encounter, I have developed negative feelings towards my parents. I am feeling frustrated with this. What can I tackle such situation?

In many families, children know about their parents’ involvement in sexual performances. This has become something like an open secret. Children happen to share such incidents with their close friends. Children who have encountered such incidents for many times take it as normal. However, every child does not take this as a normal incidence.

With the onset of puberty, there are various physical and psychological changes going on in the daily lives of adolescents. For an instance, remember the time when you just had started experiencing menstruation and budding of your breasts. Along with these changes, you were then getting attracted to know more about sexual activities. This was the time when you were more concerned to know about ongoing sexual relationship between your father and mother. It is obvious that you would take such sexual performances negatively, blame it to your sexual curiosities that were developing day by day. Instead of taking it awkwardly, you should take such performances as normal. You should not think that you would not have born if they were not involved in such activities. So, it will be wise of you if you take such activities as normal. Instead, you should help them in maintaining privacy.

You should feel ashamed if you come to know about their sexual behavior or involvements. Since society has defined this as a subject of taboo, we have developed a feeling of hatred accordingly. We have developed a feeling of awkwardness due to the lack of proper sex education and belief in misconceptions. Sexual performances between husband and wife are very normal.

[Image courtesy: wikihow.com]

Leave a Reply