Essence of Adolescence

युवा किशोर किशोरी अवस्था

What is Teenage Phase?
Photo Courtesy: Wikipedia

उमेरः विश्व स्वास्थ्य संगठन (WHO) को परिभाषा अनुसार जब मानिसको उमेर १० मा प्रबेश गर्दछ र १९ पुरा गरेको हुँदैन, त्यो समयाबधीलाई नै किशोरावस्था भनिन्छ । त्यसैले उनिहरुलाई किशोरकिशोरी भनिएको हो । त्यसको बैज्ञानिक तथ्य पनि छ किनकि महिलाहरुको महिनावारी हुने समय विश्वमा सरदर १० बर्षको उमेरबाट सुरुभएको हुन्छ, महिनावारी हुनु भनेको उनिहरुको पाठेघरमा डिम्ब बन्न र निश्कासन हुन सुरुभएको हो । त्यसैगरी, त्यहि उमेरको हाराहारीमा पुरुषको पनि शुक्रकिट बन्न सुरुभएको हुन्छ । त्यसै गरी सोहि परिभाष अनुसार १५ वर्ष देखि २४ वर्षसम्मको उमेर समूहलाई युवा भनिएको छ । यी दुबै समूहलाई समेटेर समग्रमा १० वर्ष देखि २४ वर्षसम्मको उमेर समूहकालाई युवाकिशोरकिशोरी भनिएको हो ।

गुणः किशोरकिशोरी भनेका न बालिका, न वयस्क अवस्थाका समूह हुन । त्यसैले यसलाई बाल्यावस्था र बयस्क अवस्थको संक्रण अवस्था भनिएको छ । यो उमेर समूह भनेको मानव जीवन चव्रmको अत्यन्तै संवेदनशील समय पनि हो । किनकि उनिहरुमा छिटोछिटो परिवर्तनहरु भइरहेका हुन्छन् । ती परिवर्तहरुमा समग्रमा शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक परिवर्तनहरू भनेर बर्गिकरण गरिएको छ । युवाकिशोरकिशोरीहरुका उमेरको अवस्था भरी एउटै व्यक्तिमा बाल्यअवस्था र वयश्क अवस्था दुबैको मिश्रित गुण पाइन्छ । जस्तै उसले गर्ने क्रियाकलाप सामाजिक सम्बन्धका गतिविधि वा सञ्चार, खेल, घरको काम, आफ्नो हेरचाह, आदिमा अपरिपक्वता तथा बाल शुलभता अवस्थाको नजिक भएतापनि उनिहरु ती हिmयाकलापहरुमा (हाउभाउहरू, अन्तर व्यक्ति सम्बन्ध आदि) मा वयश्कपन वा परिपक्वता झल्काउने प्रयत्न गरिरहेका हुन्छन् । आफुले अनुभव गरिरहेको आफ्नै शरीरमा आइरहेको अनेकौ परिवर्तनप्रति विभिन्न किरिमका मितिश्रत धारणा बनाइरहेका हुन्छन् । वाहिरी समाजको प्रभावका कारण वा परिवार तथा विद्यालयबाट सही सूचना नपाइरहेको अवस्थामा उनिहरु आफुमा आएको परिवर्तन प्रति सशंकित हुने वा डराउँने पनि गर्दछन । जस्तै किशोरहरु महिनावारी हुँदा, किशोरहरुमा स्वप्न दोष हुँदा आदि । सही सूचना पाएको अवस्थामा उनिहरु आपूmमा आएका परिवर्तनलाई सकारात्मक तरिकाले लिनसक्दछन् ।

विशेषताः विभिन्न सामाजिक सम्बन्धका हिसावले किशोरावस्थामा प्रबेश गरेपछि जिम्मेवारपूर्ण जीवन शैलीको विकास गर्न प्रेरित हुन्छन । जसको कारण निर्णय गर्ने क्षमतामा पनि विकास हुन थाल्दछ । उमेरको विकाससंगै विपरित लिङ्ग प्रति आकर्षण हुन थालेपछि स्वतन्त्रता खोज्न थाल्दछन र दैनिक जनजीवनका काममा आत्मानिर्भर हुन चाहन्छन् । जस्तै आफै नुहाउँन मन पराउँने, आफुलाई मन परेको बस्तु आफैले किन्न चाहने, मन परेको साथीहरुसँग भेट्न जान अभिभावकको नियन्त्रण मन नपराउँने, आदि । बरु आफ्नो कामको वा आफुले गरेको निर्णय प्रति वयस्कहरुबाट प्रशंशा चाहेका हुन्छन् ।

किशोरावस्थाको उमेर सुरु भएपछि भविष्यको बारेमा गम्भिर भएर सोच्न र योजना बनाउनु थालेका हुन्छन् । त्यसमा सबै भन्दा बढी बैबाहि जीवनको बारेमा संबेदनशिल भएका हुन्छन् । जसमा उनिहरले यौन जीवनका अनेकौं कल्पना गरेका हुन्छन् । महिला माथि हिंसा धेरै हुने समाज वा परिवारका किशोरीहरु भने बैबाहिक यौन जीवन प्रति डर पैदा भइरहेको हुन्छ । युवाकिशोरकिशोरीहरूका विशेषता हुन् तर युवाकिशोरकिशोरीहरू स्वयं, परिवार र समाजले उनीहरूमा भएका परिवर्तन र विशेषताहरूलाई सही ढङ्कले बुभ्mन नसक्दा उनीहरूको यौन तथा प्रजननस्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ । यद्यपि प्राय सबै किशोरकिशोरीहरुले भविष्यका लागि आफ्नो पनि आर्थिक रुपले सम्बृद्ध, अनुशासित, शान्त, मायाँलु, प्रतिष्ठित परिवार र यौनिक जीवनको सपना सजाउँन थालेका हुन्छन ।

यौनः संसारमा भएका विकासका भौतिक पूर्वाधारमा आएको परिवर्तन संगै समाजमा युवाकिशोरकिशोरीहरूको यौनसम्बन्धी सोच, धारणा, व्यवहार र गतिविधिहरूमा परिवर्तन भइरहेका छन् । जस्तै युवकिशोरकिशोरीहरुले गर्ने विगत र हालको ‘डेटिङ’ को धारणा र गतिविधिमा फरक आएको छ । यौन सम्बन्धी सही सूचना वा शिक्षा नपाएको अवस्थाका किशोरकिशोरीहरुको त्यस्ता भेटघार निकै जोखिम किसिमका हुने भरेका छन् । विभिन्न प्रविधिको सदुपयोगका सथै दुरुपयोग पनि भएको छ । त्यसमा किशोरहरुको तुलनामा किशोरीहरु बढी हिंसामा परेका छन ।

औसतमा विवाह गर्ने उमेर बढ्दै गएको छ तर पहिलो पटक महिनावारी हुने उमेर घट्दैछ । त्यसकारण विबाह पहिला यौन सम्पर्क हुने समय निकै लामो बन्दै गएको छ । सही सूचना वा जीवनोपयोगी सीपको अभावको कारण धेरै यौनजोडीहरू बन्ने सम्भावना पनि धेरै नै छ, जसको कारण पनि यौन सम्बन्ध तथा कुनै पनि किसिमका यौन व्यहारहरु असुरक्ष्ति बन्दै गएका छन् । यसले गर्दा अनिच्छित र सानो उमेरमा गर्भधारण हुन्छ र यौनजन्य तथा एचआईभी सङ्व्रmमण दरमा पनि वृद्धि हुन्छ । अन्य जोखिमपूर्ण व्यवहारहरू (जस्तै ःलागु औषधीको प्रयोग, भैmझगडा, अत्यधिक मदिरा सेवन, तीब्र गतिमा सवारी चलाई दुर्घटनामा पर्नु आदि) मा पनि वृद्धि भइरहेको छ । परिणामतः युवाकिशोरकिशोरीहरूको यौन तथा प्रजननस्वास्थ्य लगायत समग्र जीवनमा नकरात्मक प्रभाव परिरहेको छ ।

बुझाईः उनिहरु प्रति चासो नराख्ने पनि होइन र ज्यादा नियन्त्रण गर्ने पनि होइन । उनीहरु यी दुबै कुरा मन पराउँदैनन् । अरुले गरेको सामान्य नकरात्मक प्रभावले पनि ठूलो तनाव सिर्जना हुन्छ । त्यसमा पनि यौन जन्य विषयमा गरिएको व्यवहारले नराम्रो प्रभाव प¥यो भने अझ बढी तनावमा हुन्छन । यस्तो समस्या किशोरीहरुले व्यहोरिरहेका हुन्छन् । समाजका अगुवा, अभिभावक, शिक्षक आदिले उनिहरु प्रति गर्ने व्यवहार सकारात्मक हुनु पर्दछ । राम्रो कामको प्रशंसा गर्दै राम्रो कामको लागि प्रेरणा दिनु पर्दछ र उनिहरु पनि त्यस्तै चाहनछन् । तसर्थ, सकारात्मक तरिकाबाट नै युवाकिशोरकिशोरीहरूको यौन तथा प्रजननस्वास्थ्यसँग सम्बन्धित व्यवहारलाई पनि सुरक्षित, व्यवस्थित र स्वस्थ बनाउन सकिन्छ र आवश्यक पनि छ ।

Essence of Adolescence 

According to the World Health Organization, the period between the ages of 10 to 19 years is adolescence. Thus, girls and boys falling under this age group are adolescents. Similarly, boys and girls between the ages of 15 to 24 are ‘youth’. When these two age groups are combined, a large group is formed i.e. 10-24, and is referred to as ‘young people’.

It has now been scientifically proven that in an average, girls experience menarche at the age of 10, signaling that she is now capable of producing ovarian eggs and her uterus is now prepared for pregnancy. Similarly in boys, the production of sperm begins. Whilst this is one of the changes in the sexuality of young people, there are other changes that they experience.

Quality:

Adolescents neither belong to the category of children nor adults because adolescence is a transitional period between childhood and adulthood. Since young people experience various kinds of changes including physical, psychological, social and others, they are considered as the most sensitive group, bearing the qualities of both childhood and adulthood. Though their activities are immaturely done, they try to do them in a mature manner.

Adolescents have their own understanding about the physical changes occurring in their body. Due to lack of proper health education and unnecessary influences from the society and family, adolescents develop misunderstandings regarding their physical and biological changes such as menstruation and wet dreams.  But if proper education is provided to them, then they can tackle with such changes and take them positively.

Specialty:

Adolescents begin to take their responsibilities more seriously soon after getting into adolescence, as a result, their decision making capacity increases. They love to become independent and freedom lovers. They prefer to take bath themselves and love to go for shopping on their own. Similarly, they hate parents’ control over them but love to listen to appreciation from their elders. Since adolescence makes them more serious, they now start to plan their future and wishes to have financial security, respect and good sexual life.

With physical changes among them, they now start to fantasize their sexual life. On the other hand, females become more alert about women violence and sexual life in their marital life. Member of their family and society should now understand the changes occurring in their life, otherwise, they will start to experience negative effects in their sexual and reproductive health.

Sex:

Along with the infrastructural and technological advancement in the world, the activities, opinion and behavior of young people related to sexuality also keep on changing updating. For instance, understanding of dating has changes in compared to that of yesteryears. Young people get involved in risky behavior during dating due to lack of proper education. In compared with males, females reel under the clutch of violence.

Whilst the age at first marriage in increasing; the period of menarche is decreasing. This is one of the major reasons behind the increasing trend of pre marital sex. Many couples are advancing with their relationship just for the sake of having sexual relationship and this is due to lack of proper information and life skills based education. As a result, their sexual relationships are becoming risky because of which, the rate of unplanned and early pregnancy, transmission of STI and HIV are increasing. Similarly, young people are more indulged in doing drugs, excessive alcohol consumption among others.

Understanding:

Adolescents love attention and are someone avoid them, they start to hate that person. Similarly, they also hate someone if s/he exerts excessive control over them. If other takes their sexuality negatively, there can be a huge problem, especially among females. Thus, influential people of a community, guardians, teachers and others should treat them positively. They should appreciate their work and encourage them to continue doing that. Thus, we can ensure safety in their sexual life and make it well managed and healthy but by approaching them with appositive activities. This is mandatory.

Leave a Reply