What is Abortion?

के हो त गर्भपतन भनेको ?

गर्भको भ्रूँणलाइ महिना पुगेपछि जन्मनुभन्दा पहिले नै तुहाउने वा फाल्ने कार्यलाई गर्भपतन भनिन्छ । गर्भपतनमा गर्भको भ्रुणलाई कृत्रिम तरिका प्रयोग गरी योनि मार्गबाट निकालिन्छ ।

२० हप्ता भन्दा अगावै आफै वा दुर्घटनाको कारण बाट गर्भ जान्छ भने त्यसलाई प्राकृतिक गर्भपतन भनिन्छ र सोहि समयमा गर्भ कुनै साधन प्रयोग गरी गर्भपतन गराएमा त्यसलाई अप्राकृतिक गर्भपतन भनिन्छ ।

के गर्भपतन गर्नै पर्ने भएको हो त ?
गर्भपतन भन्ने वित्तिक्कै सुरक्षित पनि जोडिएर आउँछ । किनकि गर्भपतन असुरक्षित भयो यदि भने मान्छेको ज्यान जान्छ र असरक्षित गर्भपतनका कारण धेरै महिलाहरुको अकाल मै ज्यान गएको छ । त्यसैले सुरक्षित गर्भपतनका लागि गर्भपतन सम्बन्धित विषेश तालिम लिएका स्वास्थ्य कर्मीबाट सुरक्षित गर्भपतन गर्ने अनुमति सरकारबाट नै प्राप्त गरेको संस्था वा अस्पतालमा गर्नुपर्ने हुन्छ । अति गोप्यरुपमा गर्भपतन गराउँने उद्देश्यले गर्दा एक त ज्यान जान सक्छ भने पैसा खर्च पनि धेरै नै गर्नु पर्ने हुन्छ ।

गर्भ पतन गर्नै पर्ने किन र कस्तो अवस्थामा चाहि पाइन्छ त ?
पहिला यसको उत्तरमा हरेक मानिस स्पष्ट हुनुपर्दछ । त्यसको केहि आधारहरु कानुनले पनि तोकिदिएको छ ।

  • जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ भएमा अन्यथा अरु अवस्थाका अनइच्छित गर्भ १२ हप्ता ननाघेको गर्भ ।
  • सम्बन्धित गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा पर्ने अवस्थामा चिकित्सकको रायले जहिलेसुकै गर्न सकिन्छ ।
  • विकलाङ्ग बच्चा जन्मन सक्ने अवस्थामा चिकित्सकको रायले जहिलेसुकै समयमा गर्न सकिन्छ ।
  • असुरक्षि यौनसम्पर्क भई सामाजिक आर्थिक वा कुनै प्रतिकुल अवस्था आउँने सम्भावना भएमा त्यस्तो अनिच्छित गर्भलाई निरन्तरता दिन नसकिने ठहर गरी गर्भवती स्वयंको राजीखुसीले गर्भपतन गराउँन सक्ने ।

नेपालमा गर्भपतनलाई २०५८ चैत्र १ गते राज्यले कानुनी मान्यता दिइएको हो । मुलुकी ऐनको ११औं संसोधनले निम्न अवस्थामा गर्भपतन गर्न पाउने कानुनी व्यवस्था गरेको छ ।

कस्तो अवस्थामाचाहिँ गर्भपतन गर्न पाइदैन ?

  • गर्भवती महिलाको स्वीकृतिबिना (दवाब, धाक, धम्की, प्रलोभन दिई वा झुक्याई) गर्भपतन गर्न पाइदेन ।
  • भ्रूण को लिङ्ग पहिचान गरी लिङ्गका आधारमा पाइदैन । हाम्रो समाजमा महिला हिंसा भएकाले र पुरुष प्रधान समाज भएकाले गर्भमा छोरी भएको थाहा पाएपछि गर्भ पतन गराइएको पाइन्छ । यो सामाजिक अपराध हो । त्यसैले यो अवस्थामा गर्भ पतन गराएउँने र गर्ने दुबैलाई कानुनी कार्वाही हुने व्यवस्था छ ।
  • गर्भपतन गर्न कानुनले तोकेको गर्भको अवधि र स्वास्थ्य अवस्था बाहेक अन्य अवस्थामा गर्भ पतन गराएमा ।

कस्तो अवस्थालाई असुरक्षित गर्भपतन भनिन्छ ?
तोकिएको ठाउँबाट तालिम प्राप्त भई अनुमति पत्र समेत (प्रमाण पत्र) नपाएका नलिएका व्यक्तिले कानुनी रुपमा अनुमति पत्र प्राप्त भएको संस्थामा तोकिएको प्रव्रिmया पूरा नगरी, प्रचलित कानुनभन्दा बाहिर गएर गरिने सबै किसिमका गर्भपतन असुरक्षित गर्भपतन हो । अरु सम्बन्धित महिलाको स्वास्थ्यमा असर पर्ने गरी गराइएको गर्भपतनलाई जोखिमपूर्ण असुरक्षित गर्भपतन भनिन्छ । गाउँघरमा सुँडेनी वा अन्य तालिम नपाएका स्वास्थकर्मी भनाउँदा व्यक्तिहरूबाट गरिने गर्भपतनलाई पनि असुरक्षित गर्भपतन भनिन्छ । असुरक्षित गर्भपतनका निम्न परिणामहरू हुनसक्छन् ।

  • पाठेघरमा चोटपटक लाग्न सक्ने हुनाल त्यसबाट सङ्क्रमण हुनथाल्दछ ।
  • पाठेघर, पिसाव थैली, आन्द«ा आदिमा चोट लाग्न गई प्रजनन् प्रणालीमा नै स्थायी समस्या आउने हुन्छ । जसको जटिल समस्या बाझोपन पनि एक हो ।
  • अदक्ष व्यक्तिले गराउँने हुनाले पुर्णरूपमा गर्भपतन नगराई पाठेघरमा भ्रुँणको अंश वाँकि बस्न सक्दछ हुनसक्दछ, त्यसले पछि पाठेघरमा झन जटिल समस्या आइलाग्छ । जस्तै रक्तश्राव, पाठेघरको सङ्क्रमण आदि ।
  • गरत बग्न नथामिने अवस्था आउँछ जसले गर्दा गर्भवतीको आमाको ज्यानै जान्छ । प्राय असुरक्षित गर्भपतन गराउँदा रगत बगेर नै धेरै महिलाहरुको ज्यान गएको छ ।
  • पाठेघर नै काटेर निकाल्न पर्ने अवस्था आउँन सक्छ ।
  • लामोसमय पाठेघरमा सङ्क्रमण हुनाले बाँझोपन हुनजान्छ ।
  • योनीबाट असामान्य रुपमा रगत बग्ने समस्या आउँन थाल्दछ ।
  • तल्लोपेट र पाठेघर लगातार दुखिरहने समस्या आउँछ ।
  • राम्रोसँग निर्मलीकरण नगरिएका औजार तथा सफासँग हात नधोई वा दोहो¥याएर प्रयो गरिएको पञ्जा (ग्लोब) मार्फत फोहर वस्तु योनीमा पुग्दा सङ्व्रmमण हुन जान्छ । जस्तै धनुष्टङ्कार र अन्य रोगहरूको सङ्व्रmमणको खतरा ।
  • आमाको मानसिक तथा शारीरिक स्वास्थ्यमा खराब असर पर्ने हुन्छ ।

गर्भपतन गर्दा तीन महिनाभन्दा पहिले गराएको खण्डमा आमा र स्वास्थ्यकर्मी दुवैका लागी सजिलो हुन्छ तर तीन महिना पछि गरिने गर्भपतन आमाको लागि अति कष्टकर र जोखिमपूर्ण हुन्छ । सुरक्षित गर्भपतनका लागि सुचीकृत स्वास्थ संस्था ९कानुनी मान्यता अनुसार सरकारी निकायबाट विधिवत रुपमा अनुमति लिएका०, अस्पताल, नर्सिङ्कहोम वा गर्भनिरोधको क्लिनिकमा गई दक्ष, तालिमप्राप्त र आधिकारिक व्यक्तिबाट मात्र गराउनु पर्छ । नेपालका धेरै स्थानहरुमा नेपाल परिवार नियोजन संघ मेरी स्टोभको सुरक्षित गर्भपतनको लागि विषेश ल्किनिक सञ्चालित छन । नेपाल सरकारले आफ्ना सबै अस्पतालहरुमा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिरहेका छन । यदि अनिच्छित गर्भ छ र गर्भपतन गराउँने नै निर्णय गरेको हो भने समयमा नै गराउँ सकेमा महिलाको स्वास्थ्यका हिसावले धेरै फाइदा हुन्छ । अनिच्छित गर्भ छ भने जन्म हुन पाउँदैन; मातृ, शिशु र बालमृत्युदर घटाउँछ; बच्चाले राम्रो स्याहार पाउँछ; बालबालिका र महिला शोषणमा कमी आउँछ र गुणस्तरीय जीवनयापन गर्न मद्दत मिल्छ ।

safe-abortion

सरकारी अस्पताल वा नेपाल सरकारको अनुमति लिएर सुरक्षित गर्भपतन सेवा जुनसुकै संस्थाले सञ्चालन गरेका भए पनि यो माथि दिइएको चिन्ह (लोगो) राखिएको हुन्छ । त्यसलाई ख्याल गर्नु पर्दछ भने सेवादिने संस्थाले सेवा दिन पाउँने अनुमति पत्र सो सेवा दिने स्थानमा सबैले देखिने स्थानमा टाँसिएको हुन्छ ।

कतिपटक सम्म गर्भपतन गराउन सकिन्छ ?
कतिपटक गर्भपतन गराउन सकिन्छ भन्ने कनै भन्ने त्यस्तो मापदण्ड छैन तर जानीराख्न पर्ने कुरा के हो भने, जति पटक गर्भपतन गराइन्छ त्यति नै बढि शारीरीक तथा मानसिक समस्याहरु बढ्दै जाने सम्भावना हुन्छ । अनि यसका बारेमा सबैलाई भ्रम भएको हुनाले हेक्का राख्न पर्ने कुरा के हो भने गर्भपतान गराउँनु भनेको परिवानियोजनको विधि हौइन ।

गर्भपतन गराएपछि यौनसम्पर्क गर्नु हुन्छ ?
हुन्छ, तर रगत बग्न बन्द भए पछि मात्रै । गर्भवती बन्ने योजना नबनाए सम्म गर्भनिरोधको अस्थाई साधनको प्रयोग गर्नु पर्छ । त्यसको लागि कण्डमको प्रयोग नै सवैभन्दा उपयुक्त हुन्छ । जसले अनिच्छित गर्भकासाथै यौनजन्य संक्रमणबाट पनि जोगाउन सक्छ । अन्यथा फेरिपनि अनिच्छित गर्भ रहन सक्छ र फेरि पनि गर्भपतन गर्ने ल्किनिकतिर धाउन पर्ने हुन्छ । सन्तानको इच्छा पुगेको भए स्थाई बन्ध्याकरण गर्नु पनि एउटा उचित विकल्प हुन सक्छ ।

Leave a Reply